• गृहपृष्ठ /
  • Breaking News ,
  • Uncategorized ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सानिमाको फण्डमा आज देखि आवेदन खुल्यो,कति दिने आवेदन

काठमाडौँ – सानिमा क्यापिटल लिमिटेडले आज (माघ ९ गते, शुक्रबार) देखि “सानिमा लार्ज क्याप फन्ड” नामक सामुहिक लगानी कोष निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन खुल्ला गरेकाे हाे । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सानिमा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्नेछ ।

उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म माघ ९ गते शुक्रबारदेखि माघ १३ गते मंगलबारसम्म आवेदन दिन पाइनेछ । यस अवधिमा पर्याप्त आवेदन नपरेमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया