सोनापुर सिमेन्टले २ करोड कित्ता शेयर सार्वजनिक गर्ने अनुमति पायो,कहिले होला त निष्काशन ?

बजारमा बैंक, वित्तीय संस्था,बीमा, जलविद्युत आयोजनाले धमाधम प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिरहेका बेला धितो पत्र बोर्डले विभिन्न कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति दिइरहेको छ ।

यसै बीच सिनामपुर सिमेन्टले स्थानिय बासिन्दाहरू तथा सर्वसाधारणलाई २ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्रीका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बोर्डले गत साता बुक बिल्डिङ विधिबाट सेयर जारी गर्न ४६ वटा संस्थागत लगानीकर्ता छनौट गरेको थियो । यसैबीच, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले पनि प्रिमियम मूल्यमा जारी गर्ने भएको छ । कति आईपीओ जारी गर्ने खुलाएको छैन ।

सोनापुरले प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने विशेष प्रस्ताव सहित माघ २२ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभाले कति आईपीओ जारी गर्ने निर्धारण गर्नेछ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड पश्चिम नेपालमा सबैभन्दा धेरै सिमेन्ट उत्पादन गर्ने कम्पनी हो ।

दाङमा उद्योग रहेको कम्पनीले आधा दर्जन ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले सोना सिमेन्ट, सोना टेक सिमेन्ट सोना श्री सिमेन्ट लगायत ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ ।

सभामा प्रिमियम मूल्यमा शेयर जारी गर्नका लागि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने योजना छ । सिमेन्ट कम्पनीहरुमा यसअघि शिवम् सिमेन्टले पहिलो पटक प्रिमियम मूल्यमा शेयर जारी गरेको थियो ।

प्रतिक्रिया