• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

ग्रिनलाइफ हाइड्रोलाई ३५ करोडको आईपीओ निष्कासन गर्ने अनुमती पायो

काठमाडौ – नयाँ लगानीकर्ताको लागि धमाधम प्राथमिक शेयर निष्कासन भइरहेका छन् । यसै बीच ग्रिनलाइफ हाइड्रोपावरले ३५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता शेयर निष्काशनको लागि अनुमति दिएको हो ।

कम्पनीले यस अघि आयोजना प्रभावित जनताको लागि शेयर निष्काशन गरिसकेको छ ।

कम्पनीको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

ग्रीनलाईफले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ। । सो आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको कूल लागत झण्डै ७ अर्ब पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया