• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

चन्द्रागिरीको सेयर बाँडफाँड भोलि हुने,४५ हजार आवेदन रद्द,धेरैको हात खाली

काठमाडौ – बिहीबार प्रारम्भिक बाँडफाँड सम्पन्न गरेको चन्द्रागिरीको शेयर बाँडफाँड शुक्रवार हुने भएको छ ।

विक्री प्रबन्धकले आर्थिक सन्देशलाई दिएको जानकारी अनुसार कुल आवेदनमा ४५ हजार आवेदन रद्द भएका छन् । रद्धुनेमा बैंकमा पैसा नहुने,दोहोरो आवेदन जस्ता कारण रहेका छन् ।

बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार प्रिअलोटमेन्ट भई धितोपत्र बोर्डमा बाँडफाँटका लागि स्वीकृति मागिएको छ। शुक्रबार बाँडफाँट गर्ने मिति तय भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर सर्वसाधारणमा बिक्री गरेको हो । जसमा ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।

प्रतिक्रिया