काठमाण्डो । प्रिओपन सेसनमा मंगलबार नेप्से २ अंक भन्दा धेरैले बृद्धि भएको छ ।
आजको बृद्धिसँगै समग्र बजार २९५० विन्दुमा पुगेको छ । सोमवार पनि झिनो अंकले नेप्से बढेर बजार बन्द भएको थियो । यो सेसनमा आज १९ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा २३ लाख भन्दा धेरैको शेयर खरिद विक्रि भएको छ ।
जस मध्य १३ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ४ कम्पनीको मूल्य भने घटेको छ । साथै १ कम्पनीहरुको शेयर मुल्य यथावत रहेको छ । आज युनाइटेड मोदिको सबै भन्दा धेरै शेयर खरिद विक्री भएको छ ।