लडाकु प्रेमीलाई यसरी फकाउँदै छिन् चर्चित गायिका भूमिका (भिडियोसहित)

काठमाडौं – तिहारको अवसर पारेर सार्वजनिक भएको लोकप्रिय गायिका भूमिका गिरीको नयाँ गीत ‘नरिसाउन न सानो कुरैमा’ हाल चर्चाको केन्द्रमा रहेको छ। सामाजिक सञ्जालहरूमा गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ।

प्रेममा रहेका मायालु जोडीहरूको कथालाई समेटेर तयार गरिएको यो गीतको अडियो र भिडियो दुबै उत्कृष्ट बनेका छन्। माओवादी जनयुद्धका समयमा लडाकु बनेका युवासँग एक युवतीको प्रेमकथालाई यस गीतमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ।

गीतका शब्द र लय डिप्लब खत्रीले तयार गरेका हुन् भने आवाज भूमिका गिरी र डिप्लब खत्रीकै रहेको छ। गीतको म्युजिक भिडियो लोकप्रिय निर्देशक बिनोद भण्डारीले निर्देशन गरेका हुन्। उक्त गीत भूमिका गिरीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

 

प्रतिक्रिया