सामलिङ्ग पावर कम्पनीले पनि आईपीओ सार्वजनिक गर्ने, कति पायो रेटिङ ?

काठमाडौं–विभिन्न जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा आम सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरिरहेको बेला फेरी अर्को कम्पनीले आईपीओ निकाल्ने तयारी गरेको छ ।

सामलिङ्ग पावर कम्पनी लिमिटेडले १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्न लागेको हो । आईपीओ निष्कासन गर्नका लागि सामलिङ्ग पावर कम्पनी लिमिटेडले रेटिङ सम्पन्न गरेको छ ।

धितोपत्र बोर्डको व्यवस्था अनुसार सार्वजनिक निष्काशन गर्नुपूर्व क्रेडिट रेटिङ कम्पनी इक्रा नेपाल मार्फत रेटिङ गराएको हो । इक्रा नेपालले कम्पनीको आईपीओलाई ‘इक्रा एनपि डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत निष्काशित शेयरको प्रत्याभूति गराएको छ ।

उर्जा डेभलपर्स प्राइभेट लिमिटेडको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेड कम्पनीले इलाममा माईबेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

सामलिङ्ग पावर कम्पनी लिमिटेडद्धारा इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना ९.५१ मेगावाट निर्माणाधिन रहेको छ ।

प्रतिक्रिया