नेप्सेमा झिनो वृद्धि, परिसूचक २६१३ बिन्दुमा

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पाँच दशमलव ०८ अंकले वृद्धि भई २६१३.०८ बिन्दुमा कायम भएको छ। तीन सय ११ कम्पनीका एक करोड १६ लाख २६ हजार २० कित्ता शेयर ६९ हजार ८४० पटक किनबेच हुँदा कुल कारोबार रकम छ अर्ब १९ करोड एक लाख ४१ हजार आठ सय ९१ रुपैयाँ पुगेको छ।

कारोबारमा बैंकिङ समूह शून्य दशमलव ३५, वित्त एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव ४८, र व्यापार समूह दुई दशमलव १० प्रतिशतले घटेका छन्। बाँकी समूहको उपसूचकमा सुधार देखिएको छ।

विकास बैंक शून्य दशमलव १९, होटेल तथा पर्यटन शून्य दशमलव ७८, लगानी शून्य दशमलव ७४, जीवन बीमा एक दशमलव १०, र उत्पादन तथा प्रशोधन शून्य दशमलव ८९ प्रतिशतले उकालो लागेको छ। लघुवित्त शून्य दशमलव ०३, निर्जीवन बीमा एक दशमलव ७८, र अन्य समूह दुई दशमलव ७९ प्रतिशतले बढेका छन्।

आज मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने रिभर फल्स पावर लिमिटेडको शेयर मूल्यमा आठ दशमलव ९६ प्रतिशतको गिरावट आएको छ।

कारोबार रकमका आधारमा सिइडिबी होल्डिङ्स लिमिटेडको २३ करोड ७६ लाख ३५ हजार बराबरको कारोबार शीर्ष स्थानमा रहेको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको चार लाख ७५ हजार नौ सय कित्ता शेयर सबैभन्दा धेरै किनबेच भएको छ।

प्रतिक्रिया