निफ्राको शेयरमा माग भन्दा धेरैको आवेदन,आईतबारसम्म कतिले दिए आवेदन ?

काठमाडौ – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा माग भन्दा धेरैको आवेदन परेको छ । आइतबार दिउँसो ४:३० बजेसम्ममा ८ लाख २ हजार ७०८ जना आवेदकले ९ अर्ब ९४ करोड ६ लाख ७४ हजार रुपैयाँ बराबरको ९ करोड ९४ लाख ६ हजार ७ सय ४० कित्ताको लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे ७ करोड ५८ लाख ४० हजार भन्दा १.३१ गुणा बढी आवेदन हाे ।

अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको यस बैंकले बोर्डबाट ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । धेरे कित्ता भएकाले न्यूनतम ५० कित्ता भर्दा पर्न सक्ने सम्भावना हुन्छ । कति कित्ता पर्ने भन्ने कुरा त आवेदन दिनको संख्यामा भर पर्छ तर 80 कित्ता सम्मको आवेदन दियो भने राम्रो हुन्छ ।

आईपीओ निष्काशनका लागि बैंकले क्रेडिट रेटिङ्ग पनि गराइसकेको छ । इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकले जारी गर्न लागेको आइपीओको प्रत्याभूतकर्ता नागरिक लगानी कोष रहेको छ ।

प्रतिक्रिया