पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट, ४.५ लाखले पाए १० कित्ता

फागुन २९ गते शुक्रबार पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो।

कम्पनीले फागुन १२ देखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर निष्कासन गरेको थियो। उक्त आईपीओमा २४ लाख १३ हजार ५१७ जनाले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये २३ लाख ७६ हजार ७०५ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथा विधिबाट शेयर बाँडफाँट गरिएको हो। सो प्रक्रियाअनुसार ४ लाख ५० हजार आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

प्रतिक्रिया