• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सिवाईसी लघुवित्तले आईपीओ निष्कासन गर्ने

काठमाडौं–पुँजी बजारमा लगानीकर्तालाई अवसरै अवसर थपिएको छ । सेयर बजारमा आम सर्वसाधारणको पहुँच वृद्धि हुँदै गैरहेको अवस्थामा विभिन्न कम्पनीहरुले धमाधम प्राथमिक सेयर (आईपीओ)जारी गरिरहेका छन् ।

यसैक्रममा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङले आईपीओ जारी गर्ने भएको छ । सिवाईसीको दोश्रो वार्षिक साधारण सभाले सर्वसधारणका लागि प्राथामिक शेयर (आईपीओ) निस्काशन गर्ने निर्णय गरेको छ ।

संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाले आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सिवाईसीले नेपाल राष्ट्र बैंकबाट प्रक्रिया पु¥याएर धितोपत्र बोर्डमा अनुमति प्राप्त गरेपछि आईपीओ निष्कासन गर्ने जनाएको छ ।

साधारण सभाले संस्थाको प्रवन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्न र अन्य इजाजत पत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थासंग प्राप्ती तथा मर्ज गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन समेत सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया