• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

आजबाट एटीएममा पैसा निकाल्दा शुल्क लाग्ने

काठमाडौ – राष्ट्र बैंकको निर्देशन बमोजिम कोरोना अवधिभर जुनसुकै एटीएम बाट पैसा निकाल्दा पनि शुल्क नलाग्ने व्यवस्था आजदेखि हटेको छ ।

अब एक महिनाको अवधिमा २ पटक भन्दा धेरै अन्य नेटवर्कको एटीएमबाट पैसा निकाल्दा बढीमा २० रुपैयाँ शुल्क लाग्ने छ ।

नेपाल राष्ट्र बैंकले लकडाउनपछि निशुल्क गरेको अन्तरबैंक एटिएम कारोबारमा माघ १ गतेदेखि भने प्रतिकारोबार २० रुपैयाँसम्म बैकहरूले शुल्क लिन पाउने भएका छन्। केन्द्रिय बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकिकृत निर्देशन २०७७ मा संशोधन गरी यस्तो व्यवस्था गरेको हो।

एउटा बैंकले जारी गरेको एटिएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा मासिक न्यूनतम २ वटा कारोबारसम्म बैंकहरूले निशुल्क गर्न सकिने व्यवस्था मिलाउनुपर्ने छ भने २ वटा भन्दा बढी कारोबारको हकमा भने बैंक तथा वित्तीय संस्थाले बढीमा प्रतिकारोबार २० रुपैयाँसम्म शुल्क लिन सक्नेछन्।

यसअघि बैंकहरुले अन्तर बैंक कारोबारमा शुल्क लिन पाउनु पर्ने माग गर्दै आएका थिए भने शुल्क नपाएपछि खर्च घटाउन उनीहरुले शाखा कार्यलय भन्दा बाहिर रहेका एटिएम बुथहरु हटाउन थालेका थिए।

प्रतिक्रिया