चन्द्र ढकाल पुनः ग्लोबल आइएमई बैंकको अध्यक्ष,सञ्चालकहरु फेरिए

काठमाडौं–ग्लोबल आइएमई बैंकको अध्यक्षमा पुनःचन्द्र प्रसाद ढकाल चयन भएका छन् । बुधबार सम्पन्न १४औँ वार्षिक साधारणसभाबाट ढकाल अध्यक्ष चयन भएका हुन् ।
अध्यक्ष ढकालले बुधबार नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

संस्थापकतर्फबाट सञ्चालक समितिमा क्याबिनेट श्रेष्ठ र रामबहादुर भण्डारी चुनिएका छन्। श्रेष्ठ अग्नि इन्कर्पोरेटेडका प्रवन्ध निर्देशक हुन्। सर्वसाधारण सेयरधनीबाट सुदर्शनकृष्ण श्रेष्ठ, कृष्णप्रसाद शर्मा र दीपक शर्मा पोखरेल चयन भएका छन्।

गत वर्ष जनता बैंक सँग मर्जपछि ग्लोबल आइएमई बैंक मुलुककै ठूलो वाणिज्य बैंक बनेको थियो । बैंकको साधारण सभाबाट आर्थिक वर्ष ०७६÷०७७ को नाफाबाट सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । ग्लोबल आइएमई बैंकका सेयरधनीले १४ प्रतिशत बोनश सेयर र २ प्रतिशत नगद पाउने भएका छन् ।

ग्लोबल आइएमई बैंक गत वर्ष मात्र ‘क’ बर्गको जनता बैंकसँग मर्ज भएर एकीककृत कारोबार सुरु गरेको थियो । ग्लोबल आइएमईले कुल १७ वटा बैंक तथा वित्तीय संस्था मर्ज गरेको छ ।

प्रतिक्रिया