• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

साताको अन्तिम दिन नेप्से र कारोबार दुवै बढ्यो,नेपाल टेलिकमको सबै भन्दा धेरै कारोबार

काठमाण्डौ – साताको अन्तिम दिन नेप्से र कारोबा दुवैमा बृद्धि भएको छ ।

दिनैभरि लगानीकर्ताको उत्साहजनक सहभागीता रहेको बजारमा नेप्से करिव १९ अंकले बृद्धि भएको छ । नेप्से मात्र होइन आज कारोबार रकम पनि हिजोको तुलनामा सामान्य बृद्धि भएको छ । आज करिव ६ अर्वको कारोबार भएको छ ।

विहिबार सार्वजनिक विदा भएका काराण कारोरबारको यो साताको आज अन्तिम दिन हो । २ सय ७ कम्पनीको शेयर कारोबार भएकोमा अधिकासं शेयरको मूल्य बृद्धि भएको छ । १९ अंकले बढेर नेप्से २२ सय ८७ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

आज १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल टेलिकमको सबै भन्दा धेरै कारोबार भएको छ । वित्त,विमा र जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

आज नेप्सेका अधिकासं सूचकहरु सकारात्मक रहे पनि बैंक र होटल समूह भने घट्न पुगेका छन ।

प्रतिक्रिया