बुधबार पनि सुनको मूल्य बढ्यो,कतिमा भाइरहेको छ त कारोबार ?

काठमाण्डौ । सुनको मूल्यमा आज लगातर बृद्धिहुँदै कारोबार भइरहेको छ ।

पुस २९ गते, बुधबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइहरेको छ। अघिल्लो दिन पनि सुन तोलामा ६०० रुपैयाँले वृद्धि भई प्रतितोला ९२ हजर ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि बुधबार बढेको छ। यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार चाँदी प्रतितोला २० रुपैयाँले उकालो लागेर एक हजार २५० रुपैयाँ तोकिएको थियो।

प्रतिक्रिया