सबै भन्दा ठूलो आईपीओ आउने

काठमाडौं– सबैभन्दा ठूलो प्राथमिक शेयर निष्कासन हुन अब २ दिन मात्र बाँकी छ । माघ २ गते नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि अहिलेसम्मकै ठूलो प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्दै छ । बैंकले आठ करोड कित्ता शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

सबै भन्दा ठूलो शेयर निष्कासन हुने भए पछि पछिल्ला दिनहरूमा दैनिक ९ हजारका दरले Dmate खाता खुलिरहेका छन् । त्यस्तै आज सम्ममा शेयर खाता खोल्नेको संख्या 26 लाख माथि पुगेको छ ।

यसरी हेर्दा यो कम्पनीको लागि १५ लाख भन्दा धेरैले आवेदन दिने अनुमान गरिएको छ ।

बैंकले अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको यस बैंकले बोर्डबाट ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । धेरे कित्ता भएकाले न्यूनतम ५० कित्ता भर्दा पर्न सक्ने सम्भावना हुन्छ । कति कित्ता पर्ने भन्ने कुरा त आवेदन दिनको संख्यामा भर पर्छ तर 80 कित्ता सम्मको आवेदन दियो भने राम्रो हुन्छ ।

आईपीओ निष्काशनका लागि बैंकले क्रेडिट रेटिङ्ग पनि गराइसकेको छ । इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकले जारी गर्न लागेको आइपीओको प्रत्याभूतकर्ता नागरिक लगानी कोष रहेको छ ।

प्रतिक्रिया