• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

शेयर बजारमा निरन्तर उत्साह, अहिले सम्मकै उच्च विन्दुमा पुगेको नेप्से मंगलबार २७ अंकले बढ्यो

काठमाण्डौ । नेपाली शेयर बजार निरन्तर उकालो लाग्नेक्रम जारीनै छ । अहिले सम्मकै उच्च विन्दुमा रहेको नेप्से मंगलबार करिव २९ अंकले बढेर २२ सय ६८ विन्दुमा पुगेको छ ।

नेप्सेमा रौनकता आए पनि कारोबार रकम भने खासै बृद्धि हुन सकेको छैन । प्रिमियर इन्स्योरेन्सको सबै भन्दा धेरै कारोबार हुँदा करिव ५ अर्वको कुल कारोबार भएको छ । आज कारोबार भएको २ सय २ कम्पनीहरुमा १ सय २९ कम्पनीको शेयर मूल्य बृद्धि भएको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

आज ८ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागको छ । आज धेरै कारोबार हुनेमा विमा कम्पनी र लघुवित्त रहेका छन । नेप्सेका अधिकाशं सूचकहरु हरियोहुँदा ब्यापार क्षेत्र भने घटेको छ ।

प्रतिक्रिया