फेरी अर्को इन्स्योरेन्स कम्पनीको ६६ करोडको आईपीओ आउँदै

काठमाडौं–विभिन्न कम्पनीहरुले आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गरिरहेको अवस्थामा अर्को जीबन बीमा कम्पनीले पनि आईपीओ निष्कासन गर्ने भएको छ ।

अघिल्लो साता प्रभु इन्स्योरेन्सको आईपीओ जारी भएर नेप्सेमा कारोबार भैरहेको छ ।इन्स्योरेन्स कम्पनीहरुले पूँजी वृद्धि गर्न आईपीओ निष्कासन गरिरहेका छन् । ज्योती लाईफ इन्स्योन्सले सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको तयारीमा छ । ज्योती लाईफका प्रमुख कर्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले आईपीओ निष्कासनको लागि धितो पत्र बोर्डमा आवेदन दिएको र स्वीकृतिको प्रक्रियामा रहेको जानकारी दिए ।

खत्रीका अनुसार बोर्डबाट अनुमति पाउना साथ आईपीओ निष्कासन हुनेछ । आईपीओ निष्कासनका लागि गत असोज १२ गतेको साधारण सभाबाट पास गरेर पुस १९ गते धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । यो कम्पनीले आईएसओ ९००१र२०१५ गुणस्तार चिन्ह प्रमाण पत्र प्राप्त गरेको छ ।
कम्पनी हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

चुक्ता पूँजी एक अर्ब ५४ करोड रूपैयाँ रहेको ज्योति लाइफले ६६ करोड रूपैयाँ आईपीओ निष्काशन गर्नेछ ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड रूपैयाँ पुग्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमवी क्यापिटल रहेको छ ।

प्रतिक्रिया