• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सिभिल बैंकले पनि लाभांस घोषणा गर्यो,कति पाउने भए त शेयर धनीले ?

काठमाडौ – पुसको अन्तिम हुन लागेसँगै वित्तीय संस्थाहरुले लाभांस घोषणा गरिरहेका छन् । यसै बीच सिभिल बैंकले पनि
आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको सोमबार सम्पन्न ३२५ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.४२ प्रतिशत नगद गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसअनुसार बैंकले चुक्ता पूँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँको ८ प्रतिशतले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३ रुपैयाँ बोनस र ३ करोड ३६ लाख ९८ हजार ४८२ रुपैयाँ नगद गरी कुल ६७ करोड ३९ लाख ६९ हजार ६५५ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ६४ करोड ३६ लाख ६० हजार ८४६ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया