व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्नेमा राणा


काठमाडौं—सरकारले कर दिवसको दिन सबैभन्दा धेरै कर तिर्ने व्यक्तिको नाम घोषणा गर्ने गरेको छ । बुधबार आयोजित कर दिवसको अवसरमा व्यक्तिगत तथा संस्थागत रुपमा धेरै कर तिर्ने व्यक्ति घोषणा गरेको छ ।


त्यसमा व्यक्तिगततर्फ धेरै कर तिर्नेमा सिप्रदी ट्रेडिङका अध्यक्ष तथा सूर्य नेपालको सञ्चालक सिद्धार्थ राणा भएका छन् । उनी सात पटक धेरै कर्ने व्यक्तिको रुपमा दर्ज भएका छन् ।  राणा लगातार पाँच पटक उत्कृष्ट करदाताको रुपमा सम्मानित भइसकेका व्यक्ति हुन् ।


सिद्धार्थका स्वर्गीय बाबु प्रभाकर राणा नेपालमा स्वच्छ व्यवसायका लागि उनी ‘पायोनियर’ नै मानिन्छन् । जसरी बाबु प्रभाकर राज्यलाई तिर्नुपर्ने कर छल्नुहुन्न भन्ने मान्यता राख्थे, त्यही संस्कार बोकेर हिँडेका छन् सिद्धार्थले निरन्तर धेरै कर तिरेका छन् ।
सिद्धार्थ राणाकै कम्पनी सिप्रदी ट्रेडिङ पनि सर्वाधिक कर तिर्ने कम्पनीको सूचीमा अग्रस्थानमा पर्छ । सिद्धार्थले आफ्नो नेतृत्वमा चलिरहेका कम्पनीलाई सकेसम्म कर विवादबाट टाढा राख्न खोजेका छन् । 
 

प्रतिक्रिया