चन्द्रागिरीको आईपीओमा १५ गुणा बढी आवेदन,शेयर पाउन भाग्यकै भर

काठमाडौ – चन्द्रागिरीको आइपिओमा किर्तिमानी आवेदन पर्ने देखिएको छ । सोमबार सम्ममा १५ गुणा धेरैले आवेदन दिएको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

सोमबार ४ बजे सम्ममा २ करोड १० लाख ५२ हजार ३२० कित्ता शेयर माग भएको हो ।

कम्पनीको शेयरमा १० लाख ६७ हजार ८९३ वटा आबेदनबाट २ करोड १० लाख ५२ हजार ३२० कित्ता अर्थात २ अर्ब १० करोड ५२ लाख ३२ हजार रुपैयाँ बराबरको आबेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ९६ हजार कित्ताको १५.०८ गुणा बढी हो ।

कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर आइपीओ बिक्रि खुला गरेको हो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो।

प्रतिक्रिया