प्रभु इन्स्योरेन्सको आईपीओमा आज पनि खरिद चाप, १४ लाख कित्ताको माग हुँदा विक्रिमा ६३ कित्ता

काठमाण्डौ । अघिल्लो हप्तादेखि दोस्रो बजारमा आएको प्रभू इन्स्योरेन्सको शेयर खरिदमा अत्यधिक चापहुँदै आएको छ ।

कुनै दिन ३३ लाख कित्ता सम्मको माग पुगेको कम्पनीको शेयरमा सोमवार पनि १४ लाख कित्ताको लागि माग रहेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको ११ पटकमा ५३ कित्ताको कारोबार भएको छ ।

विक्रीमा आएको कमिका कारणले शेयरको मूल्यमा पनि अपेक्षित बृद्धि हुन सकेको छैन । आज शेयर मूल्य ८ रुपैयमा बढेर २ सय १७ रुपैयामा पुगेको छ । धेरैले यो कम्पनीको शेयर दोस्रो हप्तासम्ममा ५ सय माथि पुग्ने अपेक्षा गरेका थिए । स्पेशल प्रि ओपनिङ्गमा न्युन मूल्यमा कारोबार खुलेको शेयरको त्यस यता दुई दिन सकारात्मक सर्किट लागेर कारोबार भएको थियो ।

प्रतिक्रिया