मख्ख हिमालयन रिइन्सुरेन्सका लगानीकर्ता,१५ दिनमै ४५३ रुपैयाँ नाफा

काठमाडौं - सबैभन्दा ठूलो आइपिओ सार्वजनिक गरेको हिमालयन रिइन्सुरेन्सका लगानीकर्ता यतिबेला मक्ख छन् किनभने उनीहरूको सेयर मूल्य निरन्तर उकालो लागेको छ । १५ दिनमै लगानी गरेको रकम २ सय प्रतिशतले बढेपछि मख्ख परेका हुन् । 

यस अगाडिका आइपिओहरूलाई हेर्दा यो कम्पनीको सेयर ४/५ सय प्रतिशेयर हाराहारीभन्दा माथि नजाने धेरैको अनुमान थियो। किनकि अत्याधिक सेयर सप्लाई आउने र सेयर मूल्य माथि नजान सक्ने धेरैको अनुमान थियो तर अनुमान विपरीत कम्पनीको सेयर मूल्य निरन्तर उकालो लागिरहेको छ ।

प्रिमियममा आइपीओ निष्कासन गरेको निजी क्षेत्रको लगानी रहेको यो पहिलो पुनर्बिमा कम्पनी हो।

कम्पनीले १६ लाख हाराहारी लगानीकर्तालाई सेयर दिएको थियो। सेयरमा आवेदन दिने १० कित्तादेखि ३० कित्तासम्म का सेयरधनीहरूले मागेजति सेयर पाएका थिए। भने केहीले ४० कित्ता समेत सेयर हाता पारेका थिए। लगातार सर्किट लागेर कारोबार भएको कम्पनीको सेयर मूल्य पछिल्लो समय भने घडबड हुँदै आएको छ।

प्रति कित्ता २०६ रुपैयाँ खर्च गरेका लगानीकर्ताले आजको मितिमा ६५९ रुपैयाँ पाएका छन् । यसरी हेर्दा प्रति कित्ता ४५३ रुपैयाँ नाफा कमाउन सफल भएका छन् । 

धितोपत्र बोर्डले म्युचुअल फण्डहरूलाई ६ महिनासम्म आइपीओ बेच्न नदिने नियमका कारण पनि पछिल्लो समय सार्वजनिक भएका आइपिओहरुले राम्रो मूल्य पाउने गरेका छन्। 

प्रतिक्रिया