सुनको मूल्यमा भारि गिरावट,कतिमा भइरहेकाे छ त कारोबार ?

काठमाण्डौ – विश्वभरि काेरोना महामारी विस्तारनै कमहुँदै गएपछि त्यसको प्रभाव सून बजारमा पर्न थालेको छ । पछिल्ला केहि दिन सुनचाँदीको मूल्य निरन्तर ओरालो लागेको छ ।

आइतबार मात्र भारि गिरावट आएको सूनको सोमवार पनि घटेरै कारोबार भइरहेको छ । आज तोलामा ८ सयले घटेर ९२ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको भाउ पनि सोमबार गिरावट भएको छ । यसदिन चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ । साताको पहिलो दिन आइतबार चाँदी तोलामा ६० रुपैयाँले गिरावट भई प्रतितोला एक हजार २७० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया