• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर

बैंकमा लगानीकर्ताको आकर्षणले नेप्से अहिले सम्मकै उच्च विन्दुमा

काठमाण्डौ । बैंक क्षेत्रमा लगानीकर्ताको आकर्षणले आज पनि नेप्सेमा रौनक आइरहेको छ ।

आइतबार प्राय जसो वित्तक्षेत्रको शेयर मूल्यमा उछाल आएको थियो । आज पनि त्यो रौनकताले निरन्तरता पाएको छ । यो समाचार तयार पार्दा सम्म नेप्से करिव २२ अंकले बढेर २२ सय ५८ विन्दुमा पुगेर कारोबार भइरहेको छ । नेप्सेको यो उचाइ अहिले सम्मकै उच्च हो ।

आज कारोबार भएका अधिकांस कम्पनीको शेयर मूल्यमा बृद्धिभएको छ । आज पनि प्रभू इन्स्योरेन्सको शेयर खरिदमा सबैभन्दा धेरै चाप रहेको छ । तर यो शेयर विक्रिगर्ने भने निकै न्युन रहेका छन । १२ बजे सम्मा यो शेयरको ११ पठकमा ६३ कित्ताको मात्र कारोबार भएको छ ।

प्रतिक्रिया