प्रचण्डको नेतृत्वमा आजै सानो आकारको मन्त्रीपरिषद्

काठमाडौं - नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथसँगै आज सानो आकारको मन्त्रीपरिषद् गठन गर्ने तयारी भएको छ ।

पहिलो चरणमा एमाले र माओवादीबाट मात्र मन्त्री नियुक्त हुने र त्यसपछि साना दलले निर्णय गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने नयाँ गठबन्धनको तयारी छ । दिउँसो ४ बजे प्रधानमन्त्रीको शपथअघि नयाँ गठबन्धनबीच छलफल हुँदैछ । 

 

यता, तेस्रोपटक प्रधानमन्त्री नियुक्त प्रचण्डले मुलुकको अर्थतन्त्रको बागडोर कसलाई सम्हाल्न दिन्छन् भन्ने चासो बढ्न थालेको छ । एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । तर, अर्थ मन्त्रालयको जिम्मा कसले लिने टुंगो अझै लागेको छैन ।

यसअघि पौडेल केपी शर्मा ओलीको पछिल्लो सरकारमा करिब ९ महिना अर्थमन्त्री बनेर सफल अर्थमन्त्रीको छाप छोड्न सफल भएका थिए । 

प्रतिक्रिया