बीमा समितिको अध्यक्ष बन्न आधा दर्जन बढीको दौडधुप

काठमाडौं–चार वर्षे कार्यकाल पूरा गरेर बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई समितिबाट बाहिरिएका छन् । गत हप्ता चापागाई समितिबाट बिदा भए सँगै नयाँ अध्यक्ष बन्न दौडधुप सुरु भएको छ ।

बीमा समिति बीमा कम्पनीहरुको नियामक निकाय भएकाले यो आकर्षक पदका रुपमा हेरिन्छ । बीमा समितिको रिक्त अध्यक्ष पदमा नियुक्तीको विषयमा अर्थमन्त्रालयले छलफल चलाएको छ ।

बीमा ऐनमा बीमा क्षेत्रको विषयमा विशेष ज्ञान भएको व्यक्ति नियुक्त गर्नु पर्ने उल्लेख भएपनि नेपालमा राजनीतिक भागवण्डाका आधारमा पहुँचवालाले अवसर पाउँदै आएका छन् ।
बीमा समितिको अध्यक्ष बन्न निवर्तमान भएका चापागाईँ पनि इच्छुक छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला, राष्ट्र बैंककै पूर्व निर्देशक कल्याणबन्धु अर्याल, कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक तथा चाटर्ड एकाउन्टेन्ट तथा आईक्यानकाअध्यक्ष कृष्ण प्रसाद आचार्य, नेपाल पुनर्बीमा कम्पनीका निवर्तमान अध्यक्ष महेश गुरागाईँ, राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेल र चाटर्ड एकाउन्टेन्ट तथा आईक्यानका पूर्व अध्यक्ष टंक पनेरु पनि बीमा समितिको अध्यक्ष बन्ने दौडधूप गरिरहेका छन् ।

त्यसैगरी, नेपाल इन्स्योरेन्सका सीइओ बिजयबहादुर शाह, नेप्सेका अध्यक्ष टंक पनेरु, पूर्व सीइओ रमेश लम्साल लगायतले आकांक्ष देखाएका छन् । प्रतिस्पर्धा धेरै भएपनिप्रधानमन्त्री केपीशर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलका विश्वास पात्र अध्यक्ष बन्न सफल हुनेछन् ।

प्रतिक्रिया