• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

अर्को हप्ता सबैभन्दा ठूलो आईपीओ निष्काशन हुने,दैनिक नौ हजार लगानीकर्ता बढ्दै

काठमाडौं– अबको साता अर्थात् माघ २ गते नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि अहिलेसम्मकै ठूलो प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्दै छ । बैंकले आठ करोड कित्ता शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

सबै भन्दा ठूलो शेयर निष्कासन हुने भए पछि पछिल्ला दिनहरूमा दैनिक ९ हजारका दरले Dmate खाता खुलिरहेका छन् । त्यस्तै आज सम्ममा शेयर खाता खोल्नेको संख्या २५ लाख माथि पुगेको छ ।

यसरी हेर्दा यो कम्पनीको लागि १५ लाख भन्दा धेरैले आवेदन दिने अनुमान गरिएको छ ।

बैंकले अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको यस बैंकले बोर्डबाट ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । धेरे कित्ता भएकाले न्यूनतम ५० कित्ता भर्दा पर्न सक्ने सम्भावना हुन्छ ।

आईपीओ निष्काशनका लागि बैंकले क्रेडिट रेटिङ्ग पनि गराइसकेको छ । इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकले जारी गर्न लागेको आइपीओको प्रत्याभूतकर्ता नागरिक लगानी कोष रहेको छ ।

प्रतिक्रिया