राजस्व छलीमा २८ जना विरुद्ध एक अर्ब ३४ करोडको मुद्दा दायर

काठमाडौं– राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा सवा अर्ब रुपैयाँ भन्दा बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले एक अर्ब ३४ करोड ९५ लाख विगो असुल गरी जरिवाना र कैद सजायको माग दाबी गर्दै पाटन उच्च अदालतमा दुई वटा मुद्दा दायर गरेको छ ।

न्यू सपयत्री इन्टरप्राइजेजका सञ्चालकले आर्थिक अवस्था कमजोर भएका मजदुर लगायतका व्यक्तिको नाममा कम्पनी दर्ता गरी नक्कली बिजक बिक्री गदै आएको भेटिएको छ । न्यू सयपत्री इन्टरप्राइजेजका सञ्चालक विवेक मगर, मनिष कुमार सहित २८ जना विरुद्ध एक अर्ब २२ करोड २० लाख १९ हजार रुपैयाँको बिगो दाबी गरिएको छ ।

आर्थिक वर्ष ०७१÷७२देखि ०७३÷७४सम्म मूल्य अभिवृद्धि कर तथा आयकर राजस्व चुहावट गरेकोले राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन,२०५२को दफा ३ले निषेधित कार्य गरेको विभागले जनाएको छ । मूल्य अभिवृद्धि दरतर्फ ३७ करोड ३६ लाख ६३ हजार, आयकर तर्फ ८४ करोड २९ लाख आठ हजार, लाभांश करतर्फ ५४ लाख ४७ हजार रुपैयाँ राजस्व चुहावट गरेको विभागको ठहर छ ।
त्यसैगरी,जेनेरल सप्लायर्स प्रालिका सञ्चालक सुवोध शाहबाट १२ करोड ७५ लाख ५१ हजार हजार रुप्ैयाँ विगो असुल गरी जरिवाना र कैद सजाय माग दाबी गरी मुद्दा दायर गरेको छ । साहारा एण्ड खातुन ट्रेडर्सले मूल्य अभिवृद्धिकरतर्फ चार करोड ५१ लाख २७ हजार, आय कर सात करोड १८ लाख ६६ लाख र लाभांश कर तर्फ एक करोड पाँच लाख राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया