बैंक क्षेत्रमा उछाल आँउदा नेप्से ४१ अंकले बढ्यो,प्रभू इन्स्योरेन्सको सकारात्मक सर्किट

काठमाण्डौ । बैंक क्षेत्रमा लगानीकर्ताको उत्साहजनक सहभागीताले नेप्सेमा रौनक आएको छ ।

साताको पहिलो दिने नेप्से करिव ४१ अंकले बृद्धिहुँदै २२ सय ३६ विन्दुमा पुगेर बजार बन्द भएको छ । आज गत हप्तको तुलनामा कारोबार रकम पनि उल्लेख्य बृद्धि भएको छ । २ सय ७ कम्पनीका ६ अर्व ३२ करोड भन्दा धेरैको कारोबार भएको छ । लाईफ इन्स्योरेन्स बाहेक आज सबै उपसूचकहरुमा चमक आएको छ ।

आज ६ कम्पनीहरुमा सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । प्रभू बैकको सबै भन्दा धेरै कारोबारहुँदा ४४ कम्पनीका शेयर मूल्यमा गिरावट आएको छ ।

प्रभू इन्स्योरेन्सको सबै भन्दा धेरै शेयरको माग भएपनि कारोबार भने खासै उल्लेख्य हुन सकेका । किन्नेको संख्या १५ लाख भन्दा धेरै हुँदा बेच्ने निकै न्युन थिए तर यसको मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

प्रतिक्रिया