• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रभु इन्स्योरेन्सको शेयर खरिदमा अत्याधिक माग, बिक्रीकर्ता न्यून

काठमाण्डौ- प्रभु लाइफ इन्स्योरेन्सको आइतबार पनि अपेक्षित कारोबार हुन सकेको छैन । अघिल्लो साता न्यून मूल्यमा कारोबार खुलेको कम्पनीको अत्यधिक खरिद चाप हुँदा पनि कारोबार बढ्न सकेको छैन ।

आज यो समाचार तयार पार्दासम्म सो कम्पनीको जम्मा ४० कित्ता कारोबार भएको छ । कम्पनीको शेयर मूल्य करिव ६ प्रतिशत बढेर २ सय २ रुपैया पुगेको छ । कम्पनीको शेयर खरिदको लागी करिव १३ लाखको माग रहेको छ । प्रभुको आईपीओ जारी भएपछि पूँजीबजारमा कारोबार सुरु भए पनि बिक्री गर्ने छैनन् ।

प्रभुको आईपीओ जारी भएपछि पूँजीबजारमा कारोबार सुरु भए पनि बिक्री गर्ने छैनन् । प्रभुको आईपीओको ओपनिङ रेन्ज न्यून भएका कारण मूल्य धेरै बढेको छैन ।
प्रभु लाइफ इन्स्योरेन्सले आईपीओमा शेयर आवेदन गर्नेहरु ५ लाख ४० हजार जनाले १० कित्ता पाएका थिए । मूल्य नबढेकाले आईपीओ परेकाले बिक्री गर्न इच्छा देखाएका छैनन् ।
कम्पनीको आईपीओमा १० लाख ५१ हजार २१६ जनाले आवेदन गरेकोमा ५ लाख ४० हजारलाई मात्र शेयर परेको थियो ।

प्रतिक्रिया