काठमाडौं - पछिल्लो समय शेयर बजारमा रौनकता बढ्दै गएको देखिएको छ । कारोबार रकम मात्र हैंन आइपिओमा आवेदन पर्ने संख्या समेत बढिरहेको छ ।
यसै बीच अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले १ बराबर १ को अनुपातमा निष्काशन गरेको हकप्रद शेयरको लिलामीमा ७ अर्ब रुपैयाँ भन्दा बढीको आवेदन परेको छ ।
कम्पनीले हकप्रद शेयर आह्वान गर्दा नबिकेको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता शेयर लिलामीमा राखेको थियो । पुस २९ गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरेकोमा बैंक खातामा मात्रै ७ अर्ब रुपैयाँ जम्मा भएको छ
काठमाडौं बाहिरबाट आवेदन दिएको सबै आवेदन जम्मा भएपछि लिलामी खोलिने उनले बताए । उनले माघ १० गतेसम्ममा अपर तामाकोशीको लिलामी शेयर खुल्ला गरिने जानकारी दिए ।