प्रि ओपनिङ सेसनमा करिव ७ अंकले बढ्यो नेप्से,प्रभू इन्स्योरेन्सको कारोबार भएन

काठमाण्डौ । साताको पहिलो दिन नेप्से ७ अंकले बढेको छ ।

अघिल्लो हप्ता करिव १६ अंकले बढेर बजार बन्द भएको नेप्से आइतबार पनि बढेर सुखद सुरुवात गरेको छ । कारोबार भएका ३५ कम्पनीहरुका अधिकांसको शेयर मूल्य बृद्धि भएको छ । यो सेसनमा ३२ लाख भन्दा धेरैको कारोबार समेत भएको छ ।

सबैले चासोका साथ हेरेको प्रभू इन्स्योरेन्सको आइतबार पनि कारोबार हुन सकेन । खरिद कर्ताको अत्यधिक चाप र मूल्य बृद्धिहुने आशामा बेच्ने लगानीकर्ता नहुँदा कारोबार हुन नसकेको छ ।

प्रतिक्रिया