वार्षिक साढे तीन करोड तलब सुविधा लिने सिइओ

काठमाडौं–नेपालमा सरकारी क्षेत्रको जागिर आकर्षक मानिन्थ्यो । पछिल्लो समय निजी, वैंक, वित्तीय संस्थाको जागिरमा पनि आकर्षण बढ्दो छ । विशेष गरी बैंकको उच्च व्यवस्थापनमा पुगे पनि उच्च तलब सुविधा पाइने भएकाले आकर्षण बढेको हो ।

पव्लिक कम्पनीमा राम्रो तलब सुविधा लिनेमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अग्रस्थानमा छन् । बैंकका सिइओहरु मध्ये धेरै तलब खानेको अग्र्रस्थानमा अशोक शेरचन आएका छन्् । प्रभु बैंकका सिईओ शेरचनले वार्षिक तलब सुविधा करिब साढे तीन करोड रुपैयाँ बुझेका छन् ।

प्रभु बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०७६÷७७को प्रतिवेदन अनुसार सीइओ शेरचनले एक वर्षमा तलब भत्ता लागयतका सुविधा बापत ३ करोड ४२ लाख ९२ हजार रुपैयाँ बुझेका छन् । तलबबाट आउने रकममा करिब ३६ प्रतिशत कर तिर्नुपर्छ ।

यो तलब एक अघिल्लो आर्थिक वर्षको भन्दा १ करोड १३ लाख रुपैयाँले बढी हो । शेरचनले एक आवमा तलब वापत २ करोड ५७ लाख रुपैयाँ, बोनस वापत ४८ लाख ७० हजार रुपैयाँ तथा दशैं भत्ता र बिदा वापत ३५ लाख ६८ हजार रुपैयाँ बुझेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७५र७६ मा शेरचनले १ करोड ८० लाख ७४ हजार रुपैयाँ तलब वापत,कर्मचारी बोनस वापत २३ लाख ३६ हजार रुपैयाँ तथा दशैं भत्ता र बिदा वापत २५ लाख ७८ हजार रुपैयाँ बुझेका छन् ।

प्रतिक्रिया