के अर्थमन्त्रालयले शेयर धितो कर्जाको (४/१२)को सिमा परिर्वतन गर्न लागेको हो ?

काठमाण्डौ । अघिल्लो सरकारले ल्याएको शेयर धितो कर्जाको सिमा (चार बाह्र)लाई परिर्वतन गर्न लागेको कुराले निकै चर्चा पाइरहेको छ । 


विगतमा पनि यस विषयलाई लिएर धेरै चर्चा हुने गरेका थिए भने ती सबै हल्लामा मात्र सीमित भएका थिए । यो पटक पनि धेरै लगानीकर्ताहरूले शेयर धितो कर्जाको सिमा हट्ने बताइरहेका छन । यस्तो हल्लाले शेयर बजारमा समेत प्रभाव पार्ने गर्दछ ।
हामीले यस विषयमा अर्थमन्त्रालय निकट स्रोतसँग जानकारी माग्ने प्रयास गरेका थियौ ।

वर्तमान समयमा शेयर धितो कर्जाको सिमा हटाउने गरि कुनै काम अगाडि नबढेको जानकारी हामीलाई प्राप्त भएको छ । अर्थमन्त्री विष्णु पौडेलले एउटा कार्यक्रममा सम्बोधनको क्रममा यस विषयमा कुरा गरेको भए पनि हटाउने वा निरन्तरता दिने बारेमा कुनै कदम चालिएको छैन । 


कतिपयले अस्थिर बजारको मौका उठाउनको लागि यस्ता हल्लाहरु चलाउने गरेका छन । जसले गर्दा बजारमा उतारचढाव आउने गर्दछ । 

प्रतिक्रिया