काठमाण्डौ । पछिल्लो समय एकपछि अर्को उत्कृष्ट सिर्जना मार्फत अभिनय गरेर दर्शकको मन जित्न सफल युवा मोडल शिशिर पौडेलले अभिनय गरेको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
यसो त पौडेलले थोरै गीतमा मात्र अभिनय गर्छन तर उनले आफ्नो अभिनयलाई प्राय सबै गीतहरूमा उत्कृष्ट दिने प्रयास गरेको देखिन्छ । भर्खर मात्र उनको नयाँ गीत दुनियाँले घर किन्यो साइली सार्वजनिक भएसँगै उनको अभिनयको चर्चा भइरहेको छ ।
समाजमा घटिरहने सामाजिक विषयमा बनेको सो गीतमा कुशल बेल्बासे र लक्ष्मी थापा मगरले आवाज दिएका छन भने रमेश बाबु थापा मगरले लय तथा शब्द सिर्जना गरेका हुन । कृष्ण केसीले संगीत संयोजन गरेको गीतलाई राजकुमार मगरले निर्देशन गरेका छन भने शिशिरलाई अभिनयमा जुना गुरुङले साथ दिएकी छन ।