• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर

नारायणी डेभलपमेन्ट बैंकको शेयर माघ १३ देखि बिक्रीमा

काठमाडौ – पछिल्लो समय शेयर वजारमा उच्च कारोबार भइरहेको नारायणी विकास बैंकले माघ १३ गतेबाट हकप्रद शेयर निष्कासन गर्ने भएको छ । सो बैंकले १ सय रुपैयाँका ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाको ६ लाख ५६ हजार १६९ कित्ता शेयर निष्कासन गर्दै छ । बैंकले हकप्रद निष्काश्न र १९ औँ वर्षिक साधारण सभा प्रयोजनका लागि पुस २९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् । बैंकको हकप्रदमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमल, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय तथा शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत फागुन ३ गतेसम्म आवेदन दिन पाउनेछन्।

हकप्रद निश्काशन पश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ । हाल बैंकको चुक्ता पूँजी ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ छ । आगामी साधारण सभामा बैंकले शतप्रतिशत हकप्रदपछि पुनः थप २०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्दैछ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई ‘इक्राएनपीआईआर सिङ्गल सी’ रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम छ भन्ने बुझाउँछ।

नेपाल राष्ट्र बैंकले तोकेको न्यूततम चुक्ता पूँजी ५० करोड पुर्याउन बैंकले अगामी वार्षिक साधारण सभाबाट हकप्रदमाथि थप २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो ।

प्रतिक्रिया