भोली शनिवार बैंकका शाखा खुल्ला रहने

काठमाण्डौ–राजस्व संकलन गर्नका लागि भोली शनिवार बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने काउण्टर तथा शाखाहरु खुल्ला रहने भएका छन । शनिवार विदाको दिन भए पनि पुष मसान्तसम्म राजस्व संकलनको चाप हुने भएकाले राजस्व संकलन गर्नका लागि शाखा खुल्ला राख्न नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बिहीबार यस्तो सर्कुलर जारी गरेको हो ।

नेपाल सरकारको राजश्व बुझ्ने प्रयोजनका लागि पुस २५ गते शनिवारका दिन राजश्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सबै शाखा तथा काउण्टर एवम् बैंकको क्लियरिङ सम्बन्धी काम गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमीटेड पनि खुल्ला राख्न भनिएको छ ।

प्रतिक्रिया