• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय

बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंकको शेयर कारोबार पुष २५ गतेदेखि रोक्का

काठमाडौंँ - ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार पुष २५ गतेदेखि रोक्का हुने भएको छ । मर्जर पछि दुबैं बैंकले पुष २५ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर रोक्का लागि आवेदन दिएका हुन ।

सो बमोजिम नेपाल धितोपत्र बोर्डंबाट जारी धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को निर्देशन बमोजिम लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लगि दुवै संस्थाको एकीकृत वित्तीय कारोबार सुरु हुने मिति पुष २५ गतेदेखि १५ दिनको लागि शेयर कारोबार रोक्का गर्ने संचालक समितिको पुष २० गते बसेको बैठकले निर्णय गरेको हो ।

मर्जरपछि बन्ने नयाँ संस्थाको चुक्ता पुँजी करिब ३४ अर्ब हुनेछ । उक्त बैंक पुँजीका आधारमा हालसम्मकै ठूलो बैंक बन्ने छ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

मर्जर पश्चात् बैंकको कूल पुँजी ५२ अर्ब २९ करोड हुनेछ । यस्तै, चुक्ता पूँजी ३४ अर्ब ४१ करोड हुने छ । मर्जपछि चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ ।

प्रतिक्रिया