वाणिज्य बैंकको अध्यक्ष बन्न नपाएपछि उपप्रधानमन्त्री पोखरेलका सम्धी कोइरालाले राजीनामा दिए

काठमाडौं–वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा धनिराम शर्मा नियुक्त भएपछि उपप्रधानमन्त्री इश्वर पोखरेलका सम्धी प्रा डा उपेन्द्र कोइरालाले सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिको बिहिबार बसेको बैठकले धनिराम शर्मालाई अध्यक्षमा नियुक्त गरेपछि कोइरालाले राजिनामा दिएका हुन ।

सञ्चालक समितिले अर्थ मन्त्रालयका सहसचिव शर्मालाई अध्यक्ष चयन गरेको थियो । शर्माले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीबाट सपथ लिएका छन ्््
चौतर्फी बिरोध पछि उपप्रधानमन्त्री पोखरेलका सम्धि कोइरालालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेड अध्यक्ष बनाउने प्रयास विफल भएको छ । पोखरेलका सम्धि कोइरालालाई अध्यक्ष बनाउने उद्देस्यले सञ्चालक समितिको सदस्य बनाएको भन्दै आलोचना भएको थियो ।

प्रतिक्रिया