• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

माघ १ गतेदेखि एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने,यस्तो छ नयाँ निर्देशिका

काठमाडौ – कोरोना महामारीका बीच कारोबारमा सहजता ल्याउनको लागि एक बैंकको एटीएम अर्को बैंकको एटीएममा कारोबार गर्दा लाग्ने शुल्क हटेको थियो ।

नेपाल राष्ट्र बैंकले आज नयाँ निर्देशिका लागू गर्दै माघ १ गतेबाट बढीमा २० रुपैयाँ शुल्क लिन पाउने प्रावधान ल्याएको छ ।

तर प्रति महिना २ कारोबारमा भने बैंकले शुल्क लिन पाउने छैनन् । यस अगाडि २० रुपैयाँका सीमा तोकिएको थिएन ।

त्यस्तै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा वापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रतिक्रिया