• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

कारोबारको अन्तिम दिन नेप्से र कारोबार दुवै बढ्यो,प्रभू इन्स्योरेन्सको आज पनि सकारात्मक सर्किट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन नेप्से करिव १६ अंकले बढेको छ । योसँगै नेप्से २१ सय ९४ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

विहीबार कारोबार रकम समेत बढेर ५ अर्व ८७ करोड माथी पुगको छ । यो हिजोको तुलनामा धेरै कारोबार हो । आज कारोबार भएका २ सय ८ कम्पनीहरुमा अधिकांश शेयर धनिहरुले कमाएका छन । १ सय १२ कम्पनीका शेयर मूल्य बढ्दा ४७ कम्पनीको शेयर मूल्य घटेको छ । १६ कम्पनीको शेयर मूल्य यथावत रहेको छ । आज करिव ५१ हजार पटक शेयर खरिदविक्री भएको छ ।

आज ५ कम्पीनको शेयर मूल्यमा सकारामत्क सर्किट लागेर कारोबार भएको भएको छ । आज प्रभू इन्स्योरेन्सको शेयर मूल्यमा समेत सर्किट लागेको छ ।

आज नेप्सेका सम्पुर्ण सूचक र उप सूचकहरुमा अन्य बाहेक सबैमा हरियो पोतिएको छ ।

प्रतिक्रिया