बैंकिङ प्रणालीमा पौने दुई खर्ब तरलता, राष्ट्र बैंकले २० अर्ब उठाउँदै

काठमाडौं–कोभिडको कारण लगानी वृद्धि नहुँदा बैंकमा तरलता थुप्रिएको छ । बैंकिङ प्रणालीमा पौने दुई खर्ब रुपैयाँ अधिक तरलता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुनर्कर्जा दिन थालेपछि बजारमा तरलता बढेको हो । तरलता बढेपछि राष्ट्र बैंकले बजारबाट २८ दिनको रिभर्स रिपो अक्सनबाट थप २० अर्ब रुपैयाँ उठाउन लागेको छ । हालसम्म केन्द्रीय बैंकले विभिन्न वित्तीय उपकरणको प्रयोग गरेर ६० अर्ब रुपैयाँ उठाएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको मागमा केन्द्रीय बैंकले हालसम्म ६३ अर्ब रुपैयाँ पुनर्कर्जा प्रवाह गरेको छ ।

थप ५० अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकबाट ३ प्रतिशत ब्याजमा पुनर्कर्जा लिएर कोरोना प्रभावित उद्योग व्यवसायलाई ५ प्रतिशतमा दिने छन् ।

प्रतिक्रिया