घट्यो सुनचाँदीको मूल्य

काठमाडौं - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार २५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३१ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया