काठमाण्डौ । बुधबार प्रि ओपनिङ सेसनमा नेप्से ६ अंकले बढेको छ ।
आइतबार सतकमा बढेको नेप्से त्यस पछि निरन्तर ओरालो लाग्दै आएको थियो । आज पनि बजारले सकारात्मक संकेत देखाएको छ ।
यो सेसनमा कारोबार भएका ३४ कम्पनी मध्य २१ कम्पनीको शेयर मूल्य बढेको छ भने दश कम्पनीको शेयर मूल्य घट्को छ । आज पनि प्रभू इन्स्योरेन्स्को कारोबार भएको छैन । बुधबार यो कम्पनीको सामान्य कारोबार भए पनि सोचेअनुरुप मूल्य बढ्न सकेको थिएन ।
मूल्य अत्यधिक बढ्ने आसले लगानीकर्ताहरु यो कम्पनीको शेयर बेच्न चाहेका छैनन् । त्यहि कारणले सोचे अनुरुप यसको कारोबार हुन सकेको छैन । त्यस माथी स्पेशल प्रि ओनिङमा निकै न्युन मूल्यमा शेयर कारोबार खुल्नु पनि यसको कारोबार नहुनुको मूख्य कारण हो ।