साउदी अरबले कतारमा लगाएको नाकाबन्दी तीन वर्षमा हटायो

काठमाडौं–तीन वर्षदेखि साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । साउदी अरबले कतारमाथि ३ वर्षअघि नाकाबन्दी लगाएको थियो । मंगलबार साउदी अरबमा हुने गल्फ को–अपरेसन काउन्सिल (जीसीसी) सम्मेलनको पूर्वसन्ध्यानमा साउदीले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

जीसीसीको सम्मेलनमा खाडी देशका ६ देश सहभागी हुँदैछन् । सम्मेलनमा साउदी र कतारबीचको विवाद समाधान सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । कतारले आतंकवादलाई बढावा दिएको आरोप छिमेकी देशहरुले लगाएपछि साउदी अरबले हवाई र स्थल नाकाबन्दी गरेको थियो ।

कतारमाथि व्यापारिक, राजनीतिक र यात्रा प्रतिबन्ध पनि लगाइएको थियो । यो प्रतिबन्धमा बहराइन, इजिप्ट लगायतका देशहरुले पनि साथ दिएर कतारमाथि घेराबन्दी गरेका थिए । सो आरोपको कतारले भने खण्डन गर्दै आएको छ । बीबीसी

प्रतिक्रिया