• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

शिखर इन्स्योरेन्सका लगानीकर्ता समेत मालामाल भए,कम्पनीले घोषणा गर्यो लाभांस

काठमाडौं – पुसको अन्तिम आएसँगै विभिन्न कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन । यो बाध्यकारी नियम समेत भएको कारण सबैले साधारण सभा र बोनस घोषणा गर्नै पर्ने नियम छ ।

यसै विच शिखर इन्स्योरेन्सले पनि आफ्ना लगानीकर्ताको लागी लाभांश घोषणा गरेको छ । कम्पनीले २९.३२ प्रतिशत बोनस घोषण गरेको हो । कर प्रयोजनका लागी नगद सहित सो बोनस कम्पनीको सञ्चालक समितिको बैठकले घोषणा गरेको हो ।

कम्पनीले ३८ करोड १६ लाख ८५ हजार ९६० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । यस्तै, २ करोड ९५ हजार २४५ रुपैयाँ नगद लाभांश वितरणमा खर्च गर्नेछ । प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।

लाभांश घोषणाको खवरले आज यो कम्पनीको शेयर मूल्यमा समेत उछाल आएको छ । सबै भन्दा धेरै कारोबार हुने कम्पनीको सूचिमा आज यो इन्स्योरेन्स एक नम्वरमा रहेको छ ।

प्रतिक्रिया