सांकेतिक तस्बिर
काठमाडौं । गत असोज १७ देखि १९ गतेसम्मको अविरल वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग वैकल्पिक रूपमा अस्थायी डाइभर्सन बनाएर एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
सडक विभागका अनुसार रोशी खोलाले करिब पाँच किलोमिटर सडक बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । सडक विभागको टोलीले निरन्तर प्रयासपछि राजमार्गलाई अस्थायी रूपमा खुलाउने कार्य सम्पन्न गरेको हो ।
विभागका प्रवक्ता प्रभातकुमार झाले बीपी राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएको जानकारी दिएका छन् । उनका अनुसार दुई लेन डाइभर्सन निर्माणको काम भने निरन्तर रूपमा अघि बढाइँदैछ ।