माघ पहिलो साता अहिलेसम्म कै ठूलो आईपीओ निष्काशन हुने

काठमाडौं–लगानीकर्ताका लागि खुशीको खबर छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि अहिलेसम्मकै ठूलो प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । बैंकले आठ करोड कित्ता शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

माघको पहिलो सातादेखि सर्वसाधारणका आईपीओ निष्कासन गर्न लागेको इन्फ्रास्ट्रक्चर बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार आईपीओ निष्काशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ‘माघको पहिलो साता भित्र आईपीओ बिक्री खुला गर्ने तयारी भएको छ,’ उनले भने । धितोपत्र बोर्डबाट हालसम्मकै ठूलो आईपीओ निष्काशनको अनुमति पाएको छ ।

बैंकले अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको यस बैंकले बोर्डबाट ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।

आईपीओ निष्काशनका लागि बैंकले क्रेडिट रेटिङ्ग पनि गराइसकेको छ । इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकले जारी गर्न लागेको आइपीओको प्रत्याभूतकर्ता नागरिक लगानी कोष रहेको छ ।

प्रतिक्रिया