काठमाडौ । यो साता लगानीकर्ताहरुको लागि सुखद हुन सकेन । कारोबार भएका मध्य केवल एक दिन मात्र शेयर बजार बढ्यो भने बाँकी दिने घटेको छ । साताको अन्तिम दिन बिहिबार पनि शेयर बजार घटेर बजार बन्द भएको छ ।
नेप्से आज ८।७१ अकंले घटेर २०४९।२८ बिन्दुमा बन्द भएको छ । बिहिबार ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार रुपैयाँको कारोबार भएको हो ।
आज चार उपसूचकमा मात्र हरियाली आएको छ । बिहिबार हाइड्रोपावर समूहको १।८५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १।११ प्रतिशत, म्युचुअल फण्ड समूहको ०।७६ प्रतिशत र ब्यापार समूहको २।३४ प्रतिशतले सेयर मूल्य बढेको हो ।
बिहिबार सोनापुरको ३३ करोड ४५ लाख र शिवम सिमेन्टको १९ करोड ४८ लाख रुपैउाँको कारोबार भएको छ । आज ५ कम्पनीको शेयर मूल्य सर्किट लेवलमा प्गेको छ भने